कास्की, ९ असार । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ ।
बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी, स्याङ्जा र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।
धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।