Logo

मंगलबार, असार २१ गते २०७९

भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी

भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी

कालीगण्डकी खबर

९, असार २०७९
  • 280
    SHARES
  • भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी

    महेन्द्रनगर, ९ असार । जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । 

    images
    images

    समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ । 

    साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए ।

    प्रकाशित मिति :असार ९, २०७९ बिहीबार - ०७:३२:५२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology