काठमाडौँ, ९ असार । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराउनुभएको छ ।
निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।