स्याङ्जा, ९ असार । स्याङ्जामा गाँजाका बोटहरु फाँडानी गर्ने अभियानलाई प्रहरीले तीब्रता दिएको छ ।
गाँजाको बोटहरु फाँडानी गरी नष्ट गर्ने अभियान अन्तर्गत स्याङ्जाका विभिन्न पालिकाहरु गरी मंगलबार एकैदिन ७२० वटा गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
प्रहरीले चापाकोट नगरपालिका ८ को माडीमा ४५, ४ को मल्याङ्कोटमा ७०, फेदीखोला गाउँपालिका १ को चण्डी डाँडामा ९०, अर्जुनचौपारी गाउँपालिका ४ को धारापानीमा ७० र आधिँखोला गाउँपालिका ४ को सेपतमा ४४५ गरी ७२० गाँजाका बोटहरु नष्ट गरेको हो ।
प्रहरी र स्थानीयबासीको संलग्नतामा गाँजाको बोट नष्ट गर्ने अभियान तीब्रताका साथ सञ्चालन गरिएको र आगमी दिनहरुमा समेत निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।