Logo

बिहीबार , साउन २६ गते २०७९

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

कालीगण्डकी खबर

१०, असार २०७९
  • 367
    SHARES
  • फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

    काठमाडौँ, १० असार । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । 

    images
    images

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । 

    जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । 

    नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । 

    छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । 

    वरियताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्याण्ड छन् । 

    प्रकाशित मिति :असार १०, २०७९ शुक्रबार - ०८:३६:५४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology