Logo

बिहीबार , साउन २६ गते २०७९

राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु

राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु

कालीगण्डकी खबर

१३, असार २०७९
  • 460
    SHARES
  • राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु

    काठमाडौँ, १३ असार । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुनेभएको छ । 

    images
    images

    कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक कुमार राईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), आयोजक न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब र काठमाडौँको परोपकार आदर्श माध्यमिक विद्यालयको सहभागिता रहनेछ ।

    सहभागी टोलीबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । 

    प्रतियोगितामा उपाधि विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ५० हजार पाउनेछ । 

    त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख २५ हजार र चौथो हुने टोलीले रु ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

    यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार र विधागततर्फको उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही रु १० हजार पाउनेछन् । भोलिदेखि सुरु हुने उक्त प्रतियोगिता चार दिनदिन सम्म चल्नेछ ।

    प्रकाशित मिति :असार १३, २०७९ सोमबार - १९:३८:३० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology