Logo

बिहीबार , साउन २६ गते २०७९

ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

कालीगण्डकी खबर

१४, असार २०७९
  • 409
    SHARES
  • ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

    काठमाडौं, १४ असार । भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ । 

    images
    images

    लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दिनदैनिकी, घरेलु काम, अन्तर्वार्ता, मनोवाद, संवाद लगायतका सामाजिक, सांस्कृतिक तथा जनजीवनका विभिन्न पक्ष समोवश छन् । 

    ग्रन्थकार डा. ठाकुरले भोजपुरी भाषा, संस्कृति, रहनसहन, रीतिथिति, जनजीवन, कृति, खाद्य प्रणाली लगायतका विविध पक्षलाई बुझ्न कृतिले मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय रुपमा जसले भोजपुरी बुझेका छैनन् तिनका लागि समेत कृतिले सहयोग पु¥याउँछ । साथै शब्दकोशको काम गर्नेका लागि समेत यसले मद्दत पु¥याउँछ ।’ उहाँका अनुसार भोजपुरी शब्दको प्रयोग कसरी भएको छ त्यसलाई थाहा पाउनका लागि समेत पुस्तक निकै उपयोगी छ ।

    कृतिमा विभिन्न १३ वटा अलग अलग विधाको खोजी गरिएको छ । भोजपुरी संस्कृति, समाज, कृषि, पाककला, लोकवार्ता, पर्यावरण लगायतका विविध पक्ष समेटिएको उक्त कृतिमा विभिन्न व्यक्तिका अन्तर्वार्ता, अनुभव, लोककथा आदि रहेका छन् । 

    यो कृतिको प्रस्तुतिकरण, अन्तर्राष्ट्रिय ध्वनी वर्णमालामा नेपालको भोजपुरी क्षेत्रको रुपमा परिचित बारा–पर्साको बोलीलाई केन्द्रविन्दुमा राखी लेखकद्वारा अन्तर–रेखीयकरण प्रस्तुति गरिएको छ । 

    जसमा देवनागरी, अन्तर्राष्ट्रिय ध्वनी वर्णमाला, रुपविन्यास, शाब्दिक अनुवाद र स्वतन्त्र अंग्रेजी अनुवाद रहेका छन् । पाठ १३ मा समकालीन भोजपुरी समाजमा केही प्रक्रियागत गतिविधिसँग सम्बन्धित विविध सन्दर्भ प्रस्तुत गरिएको छ । 

    साथै कृतिमा भोजपुरी भाषाका ध्वनीशास्त्रीय, रुप वर्णात्मक, रुपात्मक, रुप वाक्यात्मक लगायतका पक्षहरूको वर्णनसहित शब्द र खण्ड राखिएको छ । तिनीहरूलाई शब्द वा वाक्य पहिलो पटक देवनागरीमा प्रस्तुत गरिएको लेखकले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :असार १४, २०७९ मंगलबार - १८:४९:४५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology