Logo

बिहीबार , साउन २६ गते २०७९

कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन: नगरप्रमुख खाँण

कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन: नगरप्रमुख खाँण

कालीगण्डकी खबर

१९, असार २०७९
  • 796
    SHARES
  • कृषि र पशुजन्य उत्पादनबिना समृद्धि संभव छैन: नगरप्रमुख खाँण

    वालिङ, १९ असार । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ । 

    वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालिमको अवसरमा नगरप्रमुख खाँणले नागरिकको समृद्धिको लागि कृषि र पशुजन्य उत्पादनमा वृद्धि नै प्रमुख उपाय रहेको बताउनुभएको हो ।

    नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्न नगरपालिकाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम नै बनाएको जानकारी दिनुभयो ।

    नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक आम्दानी गर्न युवापुस्ता उद्धत हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो–‘कृषकहरु यो देशका गहनाहरु हुन् । राष्ट्रले कृषकको सम्मान गर्नुपर्दछ । वालिङ नगरपालिकाले पनि आगामी दिनहरुमा कृषकलाई सम्मान तथा काममा प्रोत्साहन गर्न विशेष कार्यक्रम गर्छौँ ।’

    images
    images

    IMG-2700.jpg

    नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यसपटक कृषिमा बजेटको मात्रा बढाएको जानकारी दिनुभयो ।

    उहाँले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    तालिममा सहभागी पशुपालक कृषकहरुले  समय समयमा तालिम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालिम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ ।

    असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :असार १९, २०७९ आइतबार - १८:५७:४३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology