Logo

बिहीबार , साउन २६ गते २०७९

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

कालीगण्डकी खबर

१९, असार २०७९
  • 388
    SHARES
  • ६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

    काठमाडौँ, १९ असार । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । 

    images
    images

    सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

    बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

    सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए । यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ ।

    सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ । कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ । 

    जुनमा भारतबाट २३ हजार २४८, अमेरिकाबाट आठ हजार ३५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, दुई हजार, अष्ट्रेलियाबाट एक हजार ४०० जनाले नेपाल भ्रमण गरेका छन् । 

    जुनमा सार्कबाट २६ हजार, आसियानबाट, दुई हजार ३००, युरोपबाट चार हजार ७००, अमेरिकन रिजनबाट आठ हजार ९०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

    प्रकाशित मिति :असार १९, २०७९ आइतबार - १९:१३:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology