Logo

बिहीबार , साउन २६ गते २०७९

कांग्रेस पदाधिकारी बैठक मङ्गलबार

कांग्रेस पदाधिकारी बैठक मङ्गलबार

कालीगण्डकी खबर

१९, असार २०७९
  • 445
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक मङ्गलबार

    काठमाडौँ, १९ असार । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।

    images
    images

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

    कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

    कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ ।

    प्रकाशित मिति :असार १९, २०७९ आइतबार - २१:४७:०१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology