Logo

बिहीबार , साउन २६ गते २०७९

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

पत्रपत्रिकाबाट

२१, असार २०७९
  • 502
    SHARES
  • काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

    काठमाडौं, २१ असार । देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मंसिरमा नयाँ नेतृत्व चुनेको थियो ।

    images
    images

    १४औं महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेख्नुभएको छ ।

    सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौं नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।

    काँग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ ।’ भन्ने उल्लेख छ ।

    काँग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ ।

    काँग्रेस विधानमा संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संवैधानिक कानुन तथा संदीय मामिला विभाग, संघीय मामिला तथा स्थानीय तह विभाग, सूचना सञ्चार तथा प्रचार विभाग, पेसागत तथा बुद्धिजीवी विभाग, भाषा, साहित्य, कला तथा संकृति विभाग, शिक्षा, विज्ञान तथा प्रविधि विभाग, गैरसरकारी तथा सामाजिक सेवा विभाग, अनुगमन मूल्यांकन तथा अभिलेख विभाग, उद्योग तथा वाणिज्य विभाग, पर्यटन विभाग, कृषि तथा भूमि सुधार विभाग, युवा तथा खेलकुद विभाग, प्राकृतिक स्रोत, जल तथा ऊर्जा विभाग रहेका छन् ।

    यसैगरी शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग, जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, स्वास्थ्य विभाग, वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको व्यवस्था भए पनि ती विभाग नै गठन हुन सकेका छैनन् ।

    प्रकाशित मिति :असार २१, २०७९ मंगलबार - ०६:३९:३८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology