Logo

बिहीबार , साउन २६ गते २०७९

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

कालीगण्डकी खबर

२३, असार २०७९
  • 526
    SHARES
  • बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

    बागमती, २३ असार । बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ । 

    images
    images

    बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९-०८० को पनि अन्तिम बैठक हुनेछ ।  

    प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । 

    प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । 

    गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९-०८० का लागि बजेट प्रस्तुत गरेको थियो । 

    सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो । 

    प्रकाशित मिति :असार २३, २०७९ बिहीबार - २२:०६:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology