Logo

आइतबार, मंसिर ११ गते २०७९

बाजुराको बूढीगङ्गामा एमाले विजयी

बाजुराको बूढीगङ्गामा एमाले विजयी

कालीगण्डकी खबर

२६, असार २०७९
  • 916
    SHARES
  • बाजुराको बूढीगङ्गामा एमाले विजयी

    बाजुरा, २६ असार । बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का (कुँवर) निर्वाचित हुनुभएको हो । 

    images
    images

    बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली काँग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो । 

    उपप्रमुखमा काँग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो ।  

    विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा काँग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । 

    काँग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा काँग्रेस विजयी भयो ।  

    एमालेले १, २, ३, ५, ६, ९ र १०  वडामा  जितेको छ भने काँग्रेसले ४, ७ र ८ मा जितेको छ । विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६।८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयो ।

    images
    प्रकाशित मिति :असार २६, २०७९ आइतबार - १५:५०:२६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

    खोटाङ, २७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१४ बुइपाका तीनजना आगामी मङ्सिर४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले) बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी

    • २७, असोज २०७९
  • जिसस म्याग्दीमा एमाले विजयी

    म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो । उपप्रमुखमा

    • ६, असार २०७९
  • स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज

    काठमाडौँ, २ असार । स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष

    • २, असार २०७९
  • काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

    बनेपा, २ असार । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी हुनुभएको छ । धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन

    • २, असार २०७९
  • सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

    डोटी, १ असार । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस

    • १, असार २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend