Logo

बिहीबार , साउन २६ गते २०७९

‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक

‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक

कालीगण्डकी खबर

२९, असार २०७९
  • 424
    SHARES
  • ‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक

    काठमाडौँ, २९ असार । गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ । 

    images
    images

    तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत मङ्गलबार सार्वजनिक भएको हो । उक्त गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ । 

    मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्कन रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ । 

    तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ । 

    प्रकाशित मिति :असार २९, २०७९ बुधबार - ०७:२८:४० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology