Logo

बिहीबार , साउन २६ गते २०७९

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

कालीगण्डकी खबर

३२, असार २०७९
  • 349
    SHARES
  • मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

    काठमाडौँ, ३२ असार । बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

    images
    images

    एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् ।

    उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताउनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिने बताउनुभयो ।

    बङ्गलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बङ्गलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको बताउनुभयो । जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताउनुभयो ।

    उहाँले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताउनुभयो । तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उहाँको भनाइ छ । प्रदर्शनीमा बङ्गलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनमा राखिएका छन् ।

    प्रकाशित मिति :असार ३२, २०७९ शनिबार - ११:११:४३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology