Logo

बिहीबार , साउन २६ गते २०७९

सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह

सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह

कालीगण्डकी खबर

३, साउन २०७९
  • 340
    SHARES
  • सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह

    मोरङ, ३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री  राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गर्नुभएको छ ।

    images
    images

    उहाँले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गर्नुभयो । किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा परानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राख्नुभयो ।

    प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताउनुभयो । उहाँले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

    सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु  समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने विचार राख्नुभयो । 

     खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले  प्रदेशको नाम दल एवं नेताको प्रतिबद्धताअनुसार किरात हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा सम्पूर्ण आएका नामका सम्बन्धमा गम्भीररुपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने विश्वास व्यक्त गर्नुभयो । 

    प्रकाशित मिति :साउन ३, २०७९ मंगलबार - १६:३०:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology