काठमाडौँ, ९ साउन । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनास्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह 'विसंगत बस्ती' को बिमोचन गरिएको छ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटीले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभएको हो।
कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो भने साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समिक्षा गर्नुभएको थियो।
डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु बाचन गर्नुभएको थियो। डा ऋषि बस्ताकोटी को दोस्रो साहित्यिक कृति विसंगत बस्ती बि एन पुस्तक संसारले हालसालै बजारमा ल्याएको हो।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।