गण्डकी, ९ साउन । तीज नजिकिँदै गर्दा तीजको मौलिकता झल्काउने ‘त्यो सेरोफेरो माइती घर मेरो’ गीत बजारमा आएको छ ।
कलाकार वसन्त थापा र जीवन सिग्देलको शब्दमा रहेको गीतमा वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटिएको छ ।
चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषयवस्तुमा दिदीबहिनी र भाइको वार्तालापलाई सो गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
वसन्त थापाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा निशा केसी, विन्दु पौडेल, आवृत्ति भुसाल र विजय केसीको स्वर एवं वसन्त थापाको सङ्गीत र विनोद बाजुरालीको सङ्गीत संयोजन छ ।
गीतको म्यूजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, विना विश्वकर्मा, लोमस शर्मालगायतको अभिनय छ ।
दिलीप हमालद्वारा निर्मित म्यूजिक भिडियोलाई दीपक एम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गर्नुभएको छ ।
आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा ‘त्यो सेरोफेरो माइती घर मेरो’ ल्याइएको कलाकार बसन्त थापाले बताउनुभयो । सार्वजनिक गीतबाट दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको उहाँले बताउनुभयो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।