Logo

बिहीबार , साउन २६ गते २०७९

बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित

बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित

कालीगण्डकी खबर

११, साउन २०७९
  • 268
    SHARES
  • बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित

    बागमती, ११ साउन । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ ।
     
    सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उहाँले भन्नुभएको छ ।

    images
    images

    प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक  विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उहाँको गुुनासो  रहेको छ ।

    प्रदेशसभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।
     
    मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशाँै अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताउनुभयो ।

    यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ । 

    प्रकाशित मिति :साउन ११, २०७९ बुधबार - १८:३१:५३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology