जनकपुरधाम, १६ साउन । मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगञ्जमा एक÷एकवटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री साहले बताउनुभयो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।