Logo

बिहीबार , साउन २६ गते २०७९

हरिनासको भवन एकवर्ष नहुँदै सत्यनास !

हरिनासको भवन एकवर्ष नहुँदै सत्यनास !

कालीगण्डकी खबर

१८, साउन २०७९
  • 4.4K
    SHARES
  • हरिनासको भवन एकवर्ष नहुँदै सत्यनास !

    स्याङ्जा, १८ साउन । स्याङ्जाको हरिनास गाउँपालिकाको भवन निर्माण भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । 

    images
    images

    महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार हरिनास गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको एक वर्ष अवधि नपुग्दै उप्किएको हो । 

    टेण्डर नै नगरी उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको भवन छोटो अवधिमा नै खाल्डा खुल्डी देखिएपछि भवनको गुणस्तरीयता र निर्माण प्रक्रियामा नै महालेखाले प्रश्न चिन्ह उठाएको छ ।

    “कार्यालयले अनिवार्य रुपमा आफैले सम्पादन गर्नुपर्ने कार्य उपभोक्ता समितिबाट गर्नु सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको व्यवस्थाको प्रतिकुल रहेकोले नियमसम्मत भएको मान्न सकिदैँन”, महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

    उक्त निर्माण कार्य स्थलगत निरीक्षण गर्दा एक वर्ष अवधि नपुग्दै ठाउँ ठाउँमा उप्केर खाल्डा खुल्डी परेको देखिएकोले यस कार्यको गुणस्तरमा आश्वस्त हुने स्थिति देखिएन । यस सम्बन्धमा सरोकारवालालाई जिम्मेबार बनाउन महालेखाले सुझाव दिएको छ । 

    गाउँपालिकाको भवन निर्माण गर्न २०७६ जेठ १ मा उपभोक्ता समितिसँग कुल रु ८० लाख ३६ हजार ५०२ रुपैयाँको निर्माण सम्झौता भई आव (२०७७।७८) मा निर्माण सम्पन्न भएको थियो । 

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ मा काममा मितव्ययी, गुणस्तरीय, रोजगारी श्रृजना गर्ने तथा दिगोपना हुने भएमा त्यस्ता आयोजना उपभोक्ता समितिमार्फत गराउन सकिने उल्लेख छ । यस अतिरिक्त सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा जटिल प्रकृतिका कार्य उपभोक्ता समितिमार्फत गराउन नहुने उल्लेख छ । 

    यो पनि पढ्नुहोस् :-
    बेथितिमा विरुवा: भद्रगोल भान्से, भत्ता र भ्रमण
    स्याङ्जामा बेथितिः औद्योगिक ग्राम स्थापना नहुँदै आर्थिक अनियमितता सुरु
    चापाकोट नगरपालिकाको बेथितिः बिल भरपाई बिनै लाखौँ भुक्तानी
    चापाकोट नगरपालिकाको बेथितिः नियम विपरीत १२ लाखको औषधि खरिद
    चापाकोट नगरपालिकाको बेथितिः विरुवा खरिदमा प्रेस सल्लाहकार र कार्यपालिका सदस्यले कुम्लाए लाखौं रकम
    पाँच वर्षमा बाह्र कार्यकारी; किन बस्दैनन् चापाकोटमा संघका कर्मचारी ?
    चापाकोट नगरपालिकाको आर्थिक अनियमितता, प्रत्येक वर्ष वेरुजु बढ्दो
    स्याङ्जाका स्थानीय तहको बेरुजु २६ करोड, सबैभन्दा बढी गल्याङ र चापाकोटमा
    चापाकोट नगरपालिकाको बेथितिः एउटै होटेलमा ५८ लाख स्वाहा !
    सिंचाई कार्यालय स्याङ्जाको कामः टेन्डरै नगरी समितिलाई दाम
    गल्याङ नगरपालिकाको बेथितिः प्राविधिक मूल्याङ्कन बिनै करोडौँ भुक्तानी

    प्रकाशित मिति :साउन १८, २०७९ बुधबार - ०८:०६:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology