Logo

बिहीबार , साउन २६ गते २०७९

पैयूँ गाउँपालिकाको बेथितिः स्विकृत कार्यक्रम विपरित लाखौँ खर्च

पैयूँ गाउँपालिकाको बेथितिः स्विकृत कार्यक्रम विपरित लाखौँ खर्च

कालीगण्डकी खबर

१९, साउन २०७९
  • 1.3K
    SHARES
  • पैयूँ गाउँपालिकाको बेथितिः स्विकृत कार्यक्रम विपरित लाखौँ खर्च

    पर्वत, १९ साउन । पर्वतको पैयूँ गाउँपालिकाले स्विकृत कार्यक्रम विपरित लाखौँ रकम खर्च गरेको पाइएको छ । 

    महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार पैयूँ गाउँपालिकाले ल्याण्डफिल्ड साइट निर्माण तथा व्यवस्थापन र उद्योग ग्राम समेत जग्गामा प्राप्तिको लागि आएको बजेट सुरक्षित नागरिक आवास कार्यक्रममा खर्च गरेको पाइएको हो । 

    पालिकाले २०७८ असार २७ गते २ लाख ७० हजार र असार २४ गते १२ लाख ३० हजार ल्याण्डपफिल्ड साइट निर्माण तथा व्यवस्थापन र २०७८ असार २७ गते १० लाख ५० हजार, असार २० गते ५० हजार, असार २९ गते ५० हजार उद्योग ग्राम समेत जग्गा प्राप्तिको लागि विनियोजन भएको २६ लाख ५० हजार बजेट सुरक्षित नागरिक आवास कार्यक्रममा खर्च गरेको हो । 

    महालेखाकाको प्रतिवदेनमा भनिएको छ, स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाले सभाबाट स्विकृत कार्यक्रम तथा योजनामा मात्र रकम खर्च गर्नुपर्दछ । तर पालिकाले योजना तथा कार्यक्रममा स्विकृत कार्यक्रम भन्दा फरक कार्यमा कार्यक्रम संशोधन बेगर रु २६ लाख ५० हजार खर्च लेखिएको छ ।

    images
    images

    यसरी एक कार्यक्रममा विनियोजित बजेट अर्को खर्च गर्दा जुन कार्यक्रममा बजेट विनियोजन भएको हो सो कार्यक्रम नहुने हुनाले यसमा पालिकाले ध्यान पुर्याउनु पर्ने देखिन्छ । 

    यो पनि पढ्नुहोस् :- पालिकाको बेथितिः अध्यक्ष र उपाध्यक्षले लिए दोहोरो सुविधा

    प्रकाशित मिति :साउन १९, २०७९ बिहीबार - १०:०१:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology