Logo

बिहीबार , साउन २६ गते २०७९

थप ७६० मा सङ्क्रमण पुष्टि

थप ७६० मा सङ्क्रमण पुष्टि

कालीगण्डकी खबर

१९, साउन २०७९
  • 145
    SHARES
  • थप ७६० मा सङ्क्रमण पुष्टि
    फाइल फोटो

    काठमाडौँ, १९ साउन । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

    images
    images

    हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ ।  

    नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ  । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेशनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२  र सघन उपचार कक्ष ९आइसियु० मा ४४ जनाको उपचार भइरहेको छ ।

    प्रकाशित मिति :साउन १९, २०७९ बिहीबार - १८:२४:४२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology