Logo

बिहीबार , साउन २६ गते २०७९

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

कालीगण्डकी खबर

१९, साउन २०७९
  • 232
    SHARES
  • भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

    भादगाउँ, साउन १९ । भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ ।

    images
    images

    यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो ।

    भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ ।

    तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइने गरिन्छ ।

    सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो । 

    प्रकाशित मिति :साउन १९, २०७९ बिहीबार - २१:१४:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology