Logo

बिहीबार , साउन २६ गते २०७९

कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ: प्रवक्ता डा महत

कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ: प्रवक्ता डा महत

कालीगण्डकी खबर

२०, साउन २०७९
  • 157
    SHARES
  • कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ: प्रवक्ता डा महत

    काठमाडौँ, २० साउन । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ ।

    images
    images

    प्रवक्ता डा महतले बिहीबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै काँग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउनुभएको हो ।

    नेता डा महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताउनुभयो । “छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ”, उहाँले भन्नुभयो ।

    पूर्वऊर्जामन्त्री डा महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गर्नुभयो । 

    नुवाकोटमा काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उहाँको भनाइ थियो । प्रवक्ता डा महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो । 

    प्रकाशित मिति :साउन २०, २०७९ शुक्रबार - ०९:३४:०८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology