Logo

बिहीबार , साउन २६ गते २०७९

निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

कालीगण्डकी खबर

२१, साउन २०७९
  • 175
    SHARES
  • निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

    भक्तपुर, २१ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।  

    images
    images

    एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उहाँले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिनुभयो । 

    ओलीले भन्नुभयो, “आउँदो चुनाव हामीले हार्नु हुँदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।” 

    अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताउनुभयो ।

    प्रकाशित मिति :साउन २१, २०७९ शनिबार - ०७:०५:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology