Logo

शनिबार, असोज २२ गते २०७९

images

वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा

पत्रपत्रिकाबाट

२५, साउन २०७९
  • 385
    SHARES
  • वन अधिकृतदेखि खरिदार–सुब्बा धमाधम कारबाहीमा
    फाइल फोटो

    काठमाडौं, २५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी कार्यालयका अधिकृतदेखि नासु र खरिदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाउन थालेको छ । 

    images
    images
    images
    images
    images
    images

    पछिल्लो केही समयको तथ्यांक हेर्दा धेरैजसो खरिदारदेखि अधिकृतसम्मलाई भ्रष्टाचार मुद्दा चलाइएको पाइएको छ । अख्तियारले पछिल्लो समय आप्mनो सक्रिया भने ह्वात्तै बढाएको छ । अख्तियारले मंगलबारमात्रै विभिन्न क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेख्नुभएको छ ।

    आयोगले खरिदार, नासु, उपभोक्ता समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि गत आइतबारमात्रै आयोगले एकैदिन १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ती मुद्दामा वन अधिकृत र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

    मुगुमा वन अधिकृतविरुद्ध मुद्दा
    अख्तियारले पर्यटकीय मार्ग निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मंगलबार डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढाथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले मुद्दा दायर गरेकामा डिभिजन वन कार्यालय मुगुका सबइन्जिनियर हिमालकुमार मल्ल, सबइन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् ।

    मुगुको छायानाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरूले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग २० लाख ४८ हजार ४ सय ३ रुपैयाँ बिगो दाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :साउन २५, २०७९ बुधबार - ०८:०१:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology