Logo

शनिबार, असोज २२ गते २०७९

images

थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

कालीगण्डकी खबर

२५, साउन २०७९
  • 418
    SHARES
  • थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि
    फाइल फोटो

    काठमाडौँ, २५ साउन ।  पछिल्लो २४ घण्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images
    images
    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठसय ८५ पुगेको छ । काठमाडौँ उपत्यकामा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौँमा दुईसय २९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । 

    यस्तै आज कोरोना भाइरसबाट निको भइ चार सय १४ जना घर फर्किएका छन् । साउन एक गतेको सङ्क्रमण दर चार प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताउनुभयो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । हालसम्म ११ हजार नौसय ७७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।

    हाल होम आइसोलेशनमा पाँच हजार पाँच सय ७१ जना, संस्थागत आइसोलेशनमा दुई सय १४, सघन उपचार कक्ष (आइसियु) मा ६४ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :साउन २५, २०७९ बुधबार - १९:०७:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology