Logo

शनिबार, असोज २२ गते २०७९

images

निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

कालीगण्डकी खबर

२६, साउन २०७९
  • 334
    SHARES
  • निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

    काठमाडौँ, २६ साउन । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

    images
    images
    images
    images
    images
    images

    शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको सभापतित्वमा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा गङ्गालाल तुलाधार, डा विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :साउन २६, २०७९ बिहीबार - ०७:१७:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology