Logo

शनिबार, असोज २२ गते २०७९

images

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

कालीगण्डकी खबर

१७, भदौ २०७९
  • 379
    SHARES
  • सुदूरपश्चिममा आज सार्वजनिक  बिदा

    कञ्चनपुर, १७ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    images
    images
    images

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो ।

    प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो ।

     यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :भदौ १७, २०७९ शुक्रबार - १०:४४:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology