Logo

शनिबार, असोज २२ गते २०७९

images

काँग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तक सार्वजनिक

काँग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तक सार्वजनिक

कालीगण्डकी खबर

२५, भदौ २०७९
  • 3.5K
    SHARES
  • काँग्रेस नेता खगेन्द्रराज रेग्मीको ‘जीवनयात्रा’ पुस्तक सार्वजनिक

    स्याङ्जा, २५ भदौ । स्याङ्जा काँग्रेसको इतिहास र वर्तमान खोदल्दा सम्झनै पर्नै नाम हो खगेन्द्रराज रेग्मी । जिल्लामा मात्र नभई उहाँका सहयोग काँग्रेस केन्द्रिय कार्यालयले समेत पाएको छ । स्याङ्जा काँग्रेसका कुशल संगठक र ज्यूँदा इतिहास पनि।

    images
    images
    images
    images
    images
    images

    सधैं टाउकोमा सेतो गोलाकार टोपी । सामान्य खालका कमिज, पाइट र आस्कोट। हातमा छाता र काँधमा कालै झोला बोक्ने । सान्त स्वभाव, राजनीतिक ज्ञानको भण्डार । झण्डै ६ दशकदेखि राजनीतिमा सक्रिय स्याङ्जाका रेग्मीले आफनो ‘जीवनयात्रा ’ लाई पुस्तक मार्फत सार्वजनिक गर्नुभएको हो ।

    बिशेषत: राजनीतिक जीवनयात्रा समेटिएका छन् । पुस्तकमा  उहाँका पारिवारिक एवं ब्यक्तिगत कार्यलाई बढी जोड दिइएको छ । पुस्तकको बिमोचन भने नेपाली काँग्रेसका सभापति राजु थापाले गर्नुभएको थियो । आफनै जन्मथलो भीरकोट नगरपालिकामा सिमित ब्यक्तिहरुबीच सो पुस्तकको बिमोचन गरिएको हो । पुस्तकको बिमोचन गर्दै स्याङ्जा काँग्रेसको बिगत र बर्तमानलाई बुझ्न सहज बनाउन पुस्तक बहुउपयोगी भएको बताउनुभयो ।

    उहाँद्धारा लिखित ‘मेरो जीवनयात्रा यातना र पीडाको कथा’ नामक संस्मरणात्मक कृतिमा उल्लेख छन् । रंगीन आवरणमा छापिएको १ सय ६६ पेजमा लिखित ३० भाग रहेको पुस्तकमा २८ वटा अति महत्वपूर्ण, दुर्लभ फोटा र प्रमाणपत्रका कपी समेत राखिएका छन् । 

    राष्ट्रियसभाका पूर्व सांसद एवं नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति रेग्मीले आफना जीवनयात्रा नामक कृति प्रकाशन गर्नुभएको हो । उहाँले आत्मकथा बिधाको सो कृति बजारमा आएको छ ।

    मध्यम वर्गिय किसान परिवारमा वि.स. २००६ साल साउन १५ गते नागपञ्चमीका राती जन्मनु भएको हो । उहाँका ३ आमा । आफ्नो जन्म नहुँदै ठूली आमाको मृत्युभएको थियो । 

    बुवा देवीप्रसाद रेग्मीले आमा नोमाकुमारीका १३ सन्तान मध्ये रेग्मी साईला छोरा । हुन त, उहाँ भन्दा अघि जन्मेका एक दाजु र दिदीको बाल्यकालमै मृत्यु भएको रहेछ । उहाँका ३ आमाका २६ छोराछोरी मध्ये अझै १४ मध्ये ७ छोरा ७ छोरी जीवीत हुनुहुन्छ ।  

    खेतीकिसानले खान पुग्ने जग्गाजमिन भएपनि असाध्येै मेहनत गर्नुपथ्र्यो। बुवाका धेरै  दुख र मेहनतले सन्तान हुर्काउने, पढाउने कर्म भए । बुवा शिक्षित भएकाले छोराछोरीले प्रारम्भिक शिक्षा घरमै मिल्यो। बुवाबाटै अङकअक्षर, वेद, चण्डी लगायतका पुस्तकहरु राम्ररी पढ्न सक्ने भएपछि मात्र अन्यत्र विद्यालयबाट औपचारिक शिक्षा लिने काम भयो । 

    त्यसपछि स्याङ्जाको दहथुम मावि र थप अध्ययनका लागि पोखराको बिन्ध्यवासिनी स्कुलमा पोखरामा ४ बर्ष अध्ययनपछि स्याङ्जाकै मातृभूमिमा आएर प्रवेशिका उत्तिर्ण हुनुभयो । 

    त्यतीवेला शिक्षकका अभाव हुन्थ्यो । भारतबाट शिक्षक ल्याएर पढाउने गरिन्थे। प्रवेशिका उत्र्तिणपछि सजहै शिक्षक बन्न पाईयो। नाम, दाम र काँगे्रसको संगठन विस्तारमा सहज बन्यो । पढाउन थालेपछि आम्दानी भयो। गणीत र विज्ञानका शिक्षक उहाले ट्उिसन पढाएर पनि कमाउन थाल्नुभयो । पढाउदै घरब्यहार चलाउन र भाइबहिनीलाई पढाउन समेत बन्यो । 

    प्रवेशिकापछि उहाँले शिक्षक बनेर सोही बिद्यालयमै पढाउनुभयो। सोही बेला तुलसीकुमारी रेग्मीसँग बिहे पनि भो । जब, आफना भाई श्रीकान्त रेग्मीले प्रवेशिका उत्तीर्णपछि विद्यालयमा पढाउन थाल्नुभो, त्यसपछि उहा पनि काठमाडौंमा उच्च शिक्षाका लागि जानुभयो । श्रीकान्त रेग्मी पूर्व गृहसचिव हो । उहाँ अहिले जिवित हुनुहुन्न । 

    भौतिक बिज्ञान, रसायन बिज्ञान, गणित, अँग्रेजी र नेपाली बिषय लिएर विएसी र प्राइभेटमा कानून बिषयमा अधिवक्तासम्मको लाइसेन्स छ उहाँसँग । उहाँले मातृभूमि, पेल्काचौर, स्याङ्जा सदरमुकाम, दहथुम माविमागरी कहिले प्रधानाध्यापक त कहिले शिक्षक बनेर २३ बर्ष अस्थायी जागिनुभयो ।

    यसरी दुइ दाजुभाईले घरपरिवार सम्हाल्दै आफ्ना शिक्षालाई अघि बढाउनु भयो। कहिले आफु स्याङ्जा बस्ने, भाइलाई अध्ययनका लागि पठाउने, कहिले आफु पढ्न जाने र त भाईले सहयोग गर्ने। यसरी नै उहाँहरुले अन्य भाईबहीनीलाई समेत सहयोग गर्दे पढाउने वातावरण मिलाउदै अध्ययनलाई निरन्तरता दिनुभयो ।

    हुन त, विस २०२० सालमा मातृभूमिमा पढ्ने बेलामै गण्डकी छात्र समितिको सदस्य हुनुभएको थियो। त्यसपछि राजनीतिमा बढी चासो र आर्कषण बढ्न थाल्यो। गण्डकी छात्र समिति, स्याङ्जा बिद्यार्थी संघ, नेपाल बिद्यार्थी संघ हुदै नेपाली कांग्रेसको राजनीतिले छोयो। त्यतीवेला गण्डकी छात्र समितिको साहित्य तथा संगठन मन्त्री हुनुभयो । 

    विस २०१७ सालमा नेपाली जनताको प्रत्यक्ष जनमतद्धारा निर्वाचित नेपालका पहिलो प्रधानमन्त्री वीपी कोइरालालाई तत्कालिन शासकले कु गरेर शासनसत्ता आफनो हातमा लिएको घटना उहाँका स्मरणमा ताजै रहेको बताउनुहुन्छ। तत्कालिन संसद र नेपाली कांग्रेसको सरकार बिघटन भइ नेताहरु गिरफ्तार भएपछि देशमा सुन्यता छायो । 

    विस २०३७ सालको जनमत संग्रहमा बहुदल बिजयी हुन सकेन। बहुदलप्रति जनलहर बढेको देखेपछि रेग्मी वीपी भेट्न काठमाण्डौं पुग्नुभयो। वीपी र गणेशमान पनि चिन्तित हुनुहुन्थ्यो मत परिणाम देखेर। पुनः पार्टी संगठन विस्तारमा जुट्ने कसम खाएर उहाँ फर्कनुभयो संगठन बिस्तारमा लाग्नुभयो ।

    आफना बुबा देवीप्रसाद रेग्मीले राजालाई केही भन्न नहुने भन्दै सुझाउने गरे पनि बुबाले जनमत संग्रहमा बहुदललाई रोजेको सोही कृतिमा उल्लेख छ । त्यसपछि उहाँले आफुलाई अझ सक्रियरुपमा राजनीतिमा होमाउनु भयो । 

    विस २०२० सालमा मातृभूमिमा पढ्ने बेलामै गण्डकी छात्र समितिको सदस्य बन्नुभएको थियो। त्यसपछि राजनीतिमा बढी चासो र आर्कषण बढ्न थाल्यो। गण्डकी छात्र समिति, स्याङ्जा बिद्यार्थी संघ, नेपाल बिद्यार्थी संघ हुदै नेपाली कांग्रेसको राजनीतिले छोयो। त्यतीवेला गण्डकी छात्र समितिको साहित्य तथा संगठन मन्त्री हुनुभयो ।

    त्रिचन्द्र क्याम्पस पढ्दादेखि राजनीतिको रंग बढ्नथाल्योे। काठमाण्डौंका क्याम्पसका चुनावमा सक्रिय भएर लाग्नुभो। लामो ८ बर्षै कष्टमय कारावासपछि सुन्दरीजल जेलबाट वीपी कोइराला रिहा भएपछि भारत निर्वासनमा रहेका नेपाली कांग्रेसका नेताहरुको स्वदेश आउन थाले। देशमा राजनीति चहलपहल बढ्यो। स्याङ्जा — पर्वतका तरुणलाई संगठितगर्ने र प्रजातन्त्र प्राप्तिका लागि अघि बढ्ने योजना अनुरुप रेग्मी सभापति बन्नुभयो। पछि यसलाई तरुण दलका रुपमा मान्यता दिइयो। 

    वीपीका संगठन बिस्तारका योजना अनुरुप जिल्लामा काम गरिन्थे। जिल्लाका खबर वीपीसमक्ष पुरयाउने काम पनि रेग्मीले नै गर्नुहुन्थ्यो। वीपीले शिक्षकका रुपमा रहेर पार्टीका गतिबिधी र संगठन चलायमान बनाउन सुझाव दिने गर्नुहुन्थ्यो । गोरखपुर रहेका बेला सुशील कोइराला र शैलजा आचार्यसंग पनि उहाँको भेट भएको थियो। झोलाभरी तरुण पत्रिका, कांग्रेसका रसिद, पर्चा, पम्पेट बोकेर गोरखपुर पुगिरहनुहुन्थ्यो उहाँ । 

    वीपीका चाहना बमोजिम निरंकुश शासन ब्यवस्था बिरुद्ध बनारसमा राष्ट्रिय स्तरको तरुण भेला भयो। गणेशमान सिंह, गिरीजाप्रसाद कोइराला, शैलजा आचार्य समेत सहभागी थिए त्यहाँ। उहाहरुले नै तरुणलाई प्रशिक्षित गराए। सोही भेलामा स्याङ्जाका शिवकुमार अधिकारी, शेषकान्त अर्यालसहित रेग्मी पुगेको सोही पुस्तकमा उल्लेख छ । 

    ‘संगठन बिस्तारकै क्रममा प्रहरीले थाहा पाएर हिरासतमा राख्यो। लामो लामो कपाल तान्ने, गोर्खे लौरो हान्ने, लात्ताले खाद्ने, नाकबाट खुर्सानीका धुवा दिने, रौं तान्ने, पानी माग्दा पिसाव खा भन्ने जस्ता अपशब्द, काठेकैची (ठेड्कोी, उल्टोसुल्टो पिटाई, औंलामा पिन रोप्ने जस्ता यातना र पिडा सहनु परेको थियो। ३६ घण्टासम्म यातना सहनुपरेको पिडाले वेहोस नै बनायो ।’ पुस्तकमा लेखिएको छ । 

    यसैगरी, ‘जेलभित्रका अनेकौ समस्या। जेलमा पनि कैदीबीचको बिभेद, शोषण। जेलप्रशासन र राशन ठेकेदारकोको शोषण। राजबन्दीलाई पनि उस्तै । क्षमताभन्दा बढी राखेकाले बस्नै कठिनाई थिए। सिमित र अपुग सिदा रकम।’ ले राजबन्दीलाई थप मानसिक तनाव दिन्थ्यो ।  
    उहाँले वालिङ र स्याङ्जा प्रहरी चौकी, स्याङ्जा कारागार, कृषि गोदाममा बन्दी जीवन बिताउनुभयो। बमकाण्डमा परि ३ महिना प्रहरी खोरमा बस्नुपरेको थियो। २०४६ सलाको जनआन्दोलनमा पनि २ महिना जेल, २०४० सालको मेलमिलाप दिवसका दिन प्रहरीले वेसरी कुटेपछि ५ घण्टा हिरासतमा राखेर साँझ रिहा गरेको, २०४२ सालको सत्याग्रहमा ४५ दिन हिरासत, २०५९ सालमा राजाको प्रतिगमन बिरुद्ध पनि धेरै पटक गिरफ्तार, २०६३÷०६३ मा प्रहरीको निर्घात चुटाईले रगताम्मै हुनुभयो। राजकाज अपराधमा ३ बर्ष जेल बसाई र प्रमाण नपुगेपछि सफाई। आन्दोलनका क्रममा धेरै पटक पक्राउ, असृग्यास, लाठीचार्जका पीडा भोग्नुप¥यो ।

    ज्ञानेन्द्रको प्रतिगमन बिरुद्ध स्याङ्जा र काठमाडौंमा गरी ६५ पटक प्रहरी हिरासतमा बस्नुभयो ।  वीपीलाई भेट्न उहा महिनाको एक पटक बनारस पुग्ने र त्यसपछि फर्केर गोरखपुर पुगी गणेशमान सिंहलाई भेट्ने गरेको पुस्तकका छन् । त्यतीवेला काँग्रेसका पक्षमा जनलहर बढाउन काँग्रेसको पक्षमा लेखिएका तरुण र राष्ट्रपुकार पत्रिका जिल्लाभित्र बाडिन्थे। राजनीतिक चेतना भरिएका ब्यक्तिहरु जागरुक बन्थे। यस्ता पत्रिका खोजीखोजी पढ्थे । पार्टीको संगठन बिस्तार र सदस्यता वितरण अभियानलाई सहज बनाउथ्यो। जसका कारण स्याङ्जाको संगठन बलियो थियो । त्यसैले वीपीले पटक पटक भन्नुहुन्थ्यो, ‘काँग्रेसको संगठन हेर्न स्याङ्जा जाउ ।’
     
    उहाँका अनुसार, ‘वीपी करिस्मेटिक नेता हुनुहुन्थ्यो। उहाले केही कुराकानी हुने बित्तिकै कार्यकर्ताका मनका भावनाहरु हाल्ने । सबैका मनोभाव बुझ्न वीपीलाई रत्तिभर समय लाग्दैनथ्यो। स्याङ्जाका बारेमा धेरै वहस हुन्थे । २०१७ को कु पछि निरन्तर प्रजातन्त्रको स्थापनाका लागि अभियान जारी रहन्थे ।

    तत्कालिन शासकको दमन बिरुद्ध विस २०२८ सालमा राङ्खोलाको वरको फेदनिरको बगरमा बैठकबसी अभियन्ताहरु शिवकुमार अधिकारी, वेदप्रसाद शर्मा, श्रीप्रसाद जिटी, सूर्यप्रसाद रेग्मीको रगतले सही गरेर सशस्त्र क्रान्ति सफल बनाउन गरिएको प्रतिज्ञापज्ञ पनि विपीलाई बुझाईएको थियो । 

    प्रतिवन्धित कालमा पार्टीका गोप्य बैठक रेग्मीकै घरमा गरिन्थे। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरन्जीवी वाग्ले, रामचन्द्र पोखरेल, खुमबहादुर खडका, मत्स्येन्द्रनाथ पाठक, शिवबहादुर खडका लगायतका समूह स्याङ्जा आएका थिए । 

    विस २०३७ सालको जनमत संग्रहमा बहुदल बिजयी हुन नसके पनि बहुदलप्रति जनलहर बढेको देखेपछि रेग्मी वीपी भेट्न काठमाण्डौं पुग्नुभो। वीपी र गणेशमान पनि चिन्तित हुनुहुन्थ्यो मत परिणाम देखेर । पुनः पार्टी संगठन विस्तारमा लागि रहनुभो ।

    २०४३ समाजमा शोषक, २०४८ सालमा राजीनितक पीडित सहायता समिति, सामन्त एवं सामाजिक कुरीती निर्मूल समिति गठन गरेर सामाजिक कार्यमा अग्रस भए। सामाजिक सुधारका कामहरु धेरै गरिए ।

    २०२५ सालदेखि नेपाली काँग्रेसको कार्यसमिति सदस्य तथा तरुण दलको सभापति, २०३४ देखि ०४४ सम्म काँग्रेस सचिव बनेर जिल्लालाई चलायमान बनाए। विस २०४८, २०५७ र २०६२ मा काँग्रेसको जिल्ला सभापति बने । तीन पटक जिल्ला सभापति बनेर स्याङ्जा कांग्रेसलाई बलियो र चलायमान बनाए । स्याङ्जामा कांग्रेसलाई बलियो बनाइ। पटक पटक काँग्रेसले जित्दै आएको छ । 

    काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको वरिष्ठ निजी सहायकका भएर काम गर्नुभएको रेग्मीले संगठन चलायमान बनाउनुभयो । धेरै पटक निर्वाचनका बेला  टिकट पाउने आवश्वासन मात्र बन्थे। तर, पछि ती आश्वासन पुरा भएनन् ।   

    स्याङ्जा सदरमुकाममा चार तले सुबिधासम्पन्न पार्टी कार्यालय (वीपी स्मृती भवन),स्याङजा र वालिङमा वीपीको शालिक निर्माण, वीपी पुस्तकालय र वाचनालय, प्रजातन्त्र सेनानी, सहिद परिवार, स्वतन्त्रता सेनानी, प्रजातन्त्रवादीलाई वीपीका नाममा पुरस्कृत एवं सम्मानका कार्यको थालनी भएका छन् ।  

    पुतलीबजार नगरपालिका १ मा २ रोपनी जग्गा खरिदगरी वीपी स्मृती भवन बनाए।  पार्टीमा कत्ति रकम नभएका बेला सबैसंग सहयोग गर्न आग्रह गर्दे  भवन निर्माण गर्नुभएको हो । करिब १ करोड ४२ लाखमा भवन निर्माण भएको छ । भवन उदघाटन शुशिल कोइरालाले गर्नुभएको थियो । 

    विस २०५८ मंसिर ८ गते माओवादीले स्याङ्जा सदरमुकाम आक्रमण गरेपछि अधिकांश नेताहरु गाउँघरमा बस्न छाड्नुभो । सदरमुकाम केन्द्रित भएर पार्टी चलाउनुभयो। आफना घर पुगेका बेला २०५८ माघ २७ गते माओवादीले रेग्मीलाइ पनि आक्रमण गरे। माओवादीले  सल्लाह गर्नुछ भन्दै घरबाट बोलाएर लगेर आगनमै ३ गोली हाने । त्यसपछि मणिपाल हुदै काठमाण्डौंसम्म पुगेर ४५ दिनसम्म त्रिवि शिक्षण अस्पतालमा उपचार गराउनुभयो । 

    आक्रमणमा परी घाइते भएर उपचारत अवस्थामै गिरीजाप्रसाद कोइराालाले राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा उम्मेदवार बनाई निर्विरोध निर्वाचित गराउनुभयो । अस्पतालको शैया मै सदस्य बन्नुभयो । त्यसपछि भने उहाले निर्वाचनका लागि टिकट पाउनु भएन । जिल्लाको राजनीतिमा क्रियाशिल रहनुभयो । आजसम्म उहाँको क्रियाशिलता कायमै छ ।  अहिले उहालाई मधुमेह, मुटु सम्बन्धि, उच्च रक्तचाप, मृर्गौला लगायतका केही समस्या देखिएका छन् । 

    २०६४ संबिधानसभामा २ नम्बर क्षेत्रमा टिकट दिने आश्वासन दिएपनि अन्तिम क्षणमा आएर पाउनु भएन । समानुपातिकमा राखियो । तर, उहाले पाउनुभएन । त्यसपछि २०७०, २०७४ का  निर्वाचत भने पनि उहाँले टिकट भने पाउन सक्नु भएन । 

    उहाँ ६ दशक लामो राजनीतिक यात्रामा कहिल्यै बिचलित हुनभएन् । यसबिचमा घटेका बिभिन्न राजनीतिक कालखण्ड र शासन ब्यवस्था परिवर्तनमा समेत उहाँका योगदान धेरै रहेको पुस्तकमा पढ्न पाइन्छ । 

    जीवनभर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुभयो । जिल्लालाई काँग्रेसमय बनाउन र संगठन बिस्तारमा उहाँका भूमिका उल्लेख्य रह्यो। 

    यतिका लामो राजनीति यात्रामा प्रत्यक्ष निर्वाचित सांसद बन्ने उहाँका रहर भने अझैं पुरा भएको छैंन । जुन अहिले पनि उहाँको स्मरणमा आइरहन्छ । पुरा हुन नसकेको उहाँमा दुखेसो छ । 

    राजनीतिक परिवर्तनपछि विस २०४८ सालमा स्याङ्जाको ४ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो । 

    करिब ३ बर्ष पनि नपूग्दै २०५१ मा मध्यावधि निर्वाचनमा कांग्रेसका वागी उम्मेदवार उठेपछि काँग्रेसले सबै सिट गुमायो । त्यतीवेला स्याङ्जामा ३ निर्वाचन क्षेत्र थिए। निर्वाचनमा क्षेत्र नं. ३ वाट प्रत्यक्ष निर्वाचनमा होमिनु भएका उहाँ नेकपा एमालेसंग पराजित हुनुभएको हो । विस २०५६, २०६४, २०७० का निर्वाचनमा २ क्षेत्रमा नेपाली काँग्रेस र एक क्षेत्र नेकपा एमालेले जित्यो । 

    विस २०७४ मा एमाले र माओवादी एकतापछि २ प्रतिनिधिसभा क्षेत्र र ३ प्रदेशसभा नेकपा एमालेले विजयी भएको थियो। यहाँको एक प्रदेश मात्र नेपाली कँंग्रेसले जित्न सफल भयो । 

    शिक्षण पेशासंगसंगै भूमिगतरुपमा संगठन बनाएका रेग्मीले २०४७ मंसिरमा शिक्षण पेशा छाडेर पूर्णकालिन राजनीतिमा लाग्नुभएको हो । झण्डैं ६ दशकदेखि राजनीतिमा क्रियाशिल, आठौं देखि तेहौंसम्मका महाधिवेशनमा ६ वटा केन्दिय महाधिवेशन प्रतिनिधि र सहासमिति सदस्य बन्नुभयो ।

    भूमिगत अवस्थामा उहाले यहाँका ५ वटा बिद्यालयमा पढाउनुभयो । पढाईसंगै राजनीतिक संगठन बिस्तार गर्नुभयो ।   सानो उमेरदेखि लोकतन्त्र र स्वतन्त्रताका पक्षमा उभ्याउनु भएका उहाँले २०३६, २०४२, २०४६, २०६२÷०६३ को पटक पटकका राजनीतिक तथा ब्यवस्था परिवर्तनका आन्दोलनमा प्रत्यक्ष र अग्रपंक्तिमा आफुलाई उभ्याउनुभयो । 
    जब, समस्या आइपथ्र्यो उहाँ आफना सहकर्मी सहित सडकमा उत्रनुहुन्थ्यो । अझै पनि उहाँको क्रियाशिलता उस्तै उस्तै छ। जीवनभर नागरिक स्वतन्त्रताका पक्षमा अवाज उठाउदै एकितृत गर्दै राजनीतिक कर्ममा हिड्नु भएका ७३ बर्षे रेग्मी हामी सबैका प्रेरणाका स्रोत हुनुहुन्छ । 
    उहाँ भन्नुहुन्छ, ‘हाम्रै जीवनकालमा धेरैै परिवर्तन गर्न पाईयो। राणा शासनदेखि एकदलिय ब्यवस्था हुदै बहुदल र गणतन्त्रसम्मका परिवर्तन देख्यौं। भोग्यौं। हामी रैतीदेखि शासकसम्म बन्यौ । जुन उदेश्य लिएर हामी परिवर्तनका लागि लड्यौें। सफलता हात पा¥योैं। ती उपलब्धीको रक्षा गर्दै सबैका हक, हित र अधिकारको सबैले सम्मान गर्न सकौं ।’ यही नै लोकतन्त्रको मुख्य लक्ष्य हो । 
    उहाँ भन्नुहुन्छ, ‘राजनीति मुल नीति हो । यसलाई सत्कर्म गर्ने थलो बनाउनुपर्छ । निष्ठा र समर्पित भावनाले राजनीतिक यात्रा सफल हुन्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :भदौ २५, २०७९ शनिबार - १०:४७:३१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology