Logo

शनिबार, असोज २२ गते २०७९

images

नागढुङ्गा–नौबिसे सुरुङमार्ग: मुआब्जा अझै बाँकी

नागढुङ्गा–नौबिसे सुरुङमार्ग: मुआब्जा अझै बाँकी

कालीगण्डकी खबर

३१, भदौ २०७९
  • 256
    SHARES
  • नागढुङ्गा–नौबिसे सुरुङमार्ग: मुआब्जा अझै बाँकी
    फाइल फोटो

    काठमाडौँ, ३१ भदौ । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images

    घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो। ती घरमा व्यापार–व्यवसाय गर्ने व्यक्तिको मुआब्जा वितरण भने सकिएको छ। घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८-७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो।

    आयोजनामा यतिबेला मुख्य राजमार्ग छोएर विस्तार हुने सुरुङमार्गको संरचना बनाउन आसपासका घर तथा जग्गा अधिग्रहण गर्ने काम भइरहेको आयोजनाका निमित्त प्रमुख माधव अधिकारीले बताउनुभयो। उहाँका अनुसार मुख्य राजमार्ग र सुरुङमार्गको मुख्य प्रवेशद्वार किसिपिडी खोला आसपास अधिग्रहण गरिएका घरजग्गा भत्काउने कार्य अन्तिम चरणमा पुगेको हो। 

    विज्ञ शर्माका अनुसार मुख्य राजमार्गको गुर्जुधारा र किसिपिडी क्षेत्रमा गरेर कुल ५६ वटा व्यक्तिगत घर अधिग्रहणका क्रममा भत्काउनुपर्ने हुन्छ। तीमध्ये ४८ वटा भत्काइसकिएको छ भने बाँकी  भत्काउने प्रक्रियामा छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेख्नुभएको छ ।

    त्यस्तै आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अन्तिम चरणमा पुगेको छ। धादिङ र काठमाडौँमा सुरुङमार्गलाई प्रत्यक्ष छुने क्षेत्रका घरजग्गा अधिग्रहणको काम पनि अझै केही बाँकी छ। अधिग्रहणको प्रक्रिया नै वैशाख–जेठबाट सुरु नहुनु, कतिपय घरजग्गाको लगत मालपोतबाट आउन ढिला भएकाले पनि अधिग्रहणमा असर परेको जनाइएको छ। सुरुङमार्गमा प्रत्यक्ष जोडिएका दुई जिल्लाका ३०४ घरधुरी र ४६ वटा सार्वजनिक संरचना छन्।

    त्यस्तै जग्गातर्फ ४०८ कित्ताको २४०.६४ रोपनी अधिग्रहणका लागि तय भएको छ। सुरुङमार्गमा स्थानीय गुठीको थप २९.८५ रोपनी जग्गा र चारवटा संरचना परेका छन्। दुवै जिल्लाको अधिग्रहणमा ९६ प्रतिशतभन्दा बढी भएको दाबी आयोजनाले गरेको छ।

    जसका लागि नेपाल सरकारले करिब पाँच अर्ब रुपियाँ बजेट छुट्याएको छ। सुरुङमार्गको ‘फ्लाइओभर’ बन्ने स्थानको किसिपिडी खोला र मुख्य राजमार्ग छोएका ५६ घरधुरी र १४.४७ रोपनी जग्गा अधिग्रहण गर्न तय भएको थियो। त्यसका लागि करिब ९१ करोड बजेट छुट्याइएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :भदौ ३१, २०७९ शुक्रबार - ०७:३२:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology