Logo

शनिबार, असोज २२ गते २०७९

images

कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानुन निर्माण

कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानुन निर्माण

कालीगण्डकी खबर

१, असोज २०७९
  • 214
    SHARES
  • कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानुन निर्माण

    कर्णाली, १ असोज । कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गरेको छ ।स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको थियो  ।

    images
    images
    images
    images
    images
    images

    विसं २०७४ माघ २१ गते प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेशसभाको पहिलो बैठकदेखि दशौँ अधिवेशनको उनान्तीसौँ बैठकसम्म पारित भएका ५३ विधेयक कानुनका रुपमा प्रमाणीकरण गरिएका हुन् । स्थापनाकाल यता प्रदेशसभामा दर्ता ८३ विधेयक दर्ता भएका थिए । 
    “प्रदेशसभामा ८३ विधेयक दर्ता भए पनि अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकको लगत कट्टी गर्दा  विधेयक ६४ पुगेका थिए”, सचिवालयका सचिव जीवराज बुढाथोकीले भन्नुभयो, “यसमा ११ विधेयकबाहेक अरु सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनिसकेका छन् ।” उहाँका अनुसार दर्ता भएका विधेयकमध्ये तीन निस्क्रिय र आठ अध्यादेश फिर्ता भएका थिए । 

    त्यसैगरी सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयकको सङ्ख्या छ, प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी रहेका विधेयकको सङ्ख्या चार, टेबुल भई कारबाहीको प्रक्रियामा रहेको विधेयकको सङ्ख्या एक र सभाबाट स्वीकृत भएका अध्यादेशको सङ्ख्या आठ रहेको उहाँले बताउनुभयो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज १, २०७९ शनिबार - १०:३४:४४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology