Logo

शनिबार, असोज २२ गते २०७९

images

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

कालीगण्डकी खबर

१, असोज २०७९
  • 4.2K
    SHARES
  • रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै

    पाल्पा, १ असोज । सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ ।

    images
    images
    images
    images
    images
    images

    नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

    अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । 

    “रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनौँ”, उहाँले भन्नुभयो, “व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो ।”

    यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ ।

    यो पनि पढ्नुहोस् :- रामपुरमा अव्यवस्थित जग्गादर्ता सुरु

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज १, २०७९ शनिबार - १३:१३:०७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology