Logo

शनिबार, असोज २२ गते २०७९

images

दसैं टिकट बुकिङ खुल्यो, देशभर रुट पर्मिट नचाहिने

दसैं टिकट बुकिङ खुल्यो, देशभर रुट पर्मिट नचाहिने

पत्रपत्रिकाबाट

२, असोज २०७९
  • 229
    SHARES
  • दसैं टिकट बुकिङ खुल्यो, देशभर रुट पर्मिट नचाहिने

    काठमाडौं, २ असोज । हरेक वर्षझैं बडा पर्व दसैं लक्षित अग्रिम बस टिकट खुला गरिएको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा टिकट काट्न शनिबारबाटै सेवाग्राहीको भिड लाग्न थालेको छ ।

    images
    images
    images
    images
    images
    images

    विगतका दसैंमा ६ लाखभन्दा बढी यात्रु बाहिरिने गरेका थिए । कोभिडका कारण गत दुई वर्ष दसैंमा घर जाने यात्रु संख्या घटेको थियो । यसपटक भने बढीभन्दा बढी यात्रु बाहिरिने आ“कलन यातायात व्यवसायी गरेका छन् ।

    सडक विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवालाको संयुक्त बैठकले १ असोज शनिबारबाट अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजय स्वाँरले टिकट खुला गरिएसँगै यात्रु चाप बढेको र नयाँ बसपार्कमा अन्य ठाउँभन्दा बढी भिड देखिएको जानकारी दिनुभयो ।

    परिचयपत्रवाहकसंग टिकट काट्न आग्रह
    यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न यात्रुलाई अनुरोध गरेको छ । ‘जो कोहीसँग टिकट काट्दा ठगिने सम्भावना रहेको’ भन्दै उसले ‘परिचयपत्रवाहक कर्मचारीसँग मात्र टिकट काट्न’ आग्रह गरेको हो ।

    महासंघ अध्यक्ष स्वाँरका अनुसार दसैंका बेला यात्रु ठगिने अवस्था मध्यनजर राख्दै चाप हुने स्थानमा टिकट स्टल व्यवस्था गरिएको छ ।

    चिन्ता खराब सडकको
    अग्रिम टिकट बुकिङ खुला भए पनि यातायात व्यवसायीले भने ‘सडकको अवस्था खराब रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘त्यस्तो बाटोमा पु-याउन नसकिने र बस निर्धारित समयमै फर्किन नसक्दा यात्रु अलपत्र पर्नसक्ने’ भन्दै उनीहरूले ‘बाटो मर्मत सम्भारमा ध्यान दिन’ सरकारसँग आग्रह गरेका छन् ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसँग आज आइतबार भेटेरै ‘सडकको अवस्था खराब भएकाले यथाशीघ्र मर्मत’का लागि आग्रह गर्ने तयारीमा व्यवसायी छन् ।

    देशभर रुट पर्मिट खुला
    सार्वजनिक सवारीसाधनका लागि देशभर दसैं लक्षित ‘रुट पर्मिट’ खुला गरिने भएको छ । चाडपर्वमा यात्रु चाप हुने स्थानमा सवारीसाधन व्यवस्थापन सहज गराउन यातायात व्यवस्था विभागले ‘रुट पर्मिट’ खुला गर्ने निर्णय गरेको हो ।

    भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच केही दिनअघि बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

    घटस्थापनाका दिन अर्थात् १० असोजदेखि पूर्णिमा अर्थात् २३ असोजसम्म सार्वजनिक सवारीसाधन देशभर सञ्चालनका लागि ‘रुट पर्मिट’ आवश्यक पर्नेछैन । यद्यपि, कुनै विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत् रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज २, २०७९ आइतबार - ०८:२५:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology