Logo

शनिबार, असोज २२ गते २०७९

images

गलकोट नगरपालिकालाई गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि

गलकोट नगरपालिकालाई गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि

कालीगण्डकी खबर

२, असोज २०७९
  • 262
    SHARES
  • गलकोट नगरपालिकालाई गण्डकी प्रदेश अन्तरपालिका भलिबलको उपाधि

    कास्की, २ असोज । गण्डकी प्रदेश अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता (माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप–२०७९) को उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ ।

    images
    images
    images
    images
    images
    images

    प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले बाग्लुङकै निसीखोला गाउँपालिकामाथि ३–२ सेटको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । च्याम्पियन बनेको गलकोटले रु दुई लाख, शिल्ड, मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको निसीखोलाले रु एक लाख २० हजार, मेडल र प्रमाणपत्र पायो । 

    संविधान दिवसका अवसर पारेर कास्कीको माछापुच्छ«े गाउँपालिका र माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घको संयुक्त आयोजनामा यही भदौ ३० गतेदेखि माछापुच्छ«े–२ भुर्जुङखोलास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाले सान्त्वना स्थान हासिल गर्दै रु ३० हजारका दरले नगद र मेडल पुरस्कार प्राप्त गरे । 

    यसैगरी  प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर प्रशिक्षकलाई जनही रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका सचिव मोहनसिङ तामाङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा विजयी टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ«े गाउँपालिका भलिबल सङ्घका अध्यक्ष राम पुन लगायतले पुरस्कार वितरण गर्नुभयो ।

    सचिव तामाङका अनुसार पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा सहभागिताका लागि गण्डकीका ८५ वटै स्थानीय तहलाई पत्राचार गरिएकामा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी १७ टोलीको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज २, २०७९ आइतबार - १९:५६:३६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology