Logo

शनिबार, असोज २२ गते २०७९

images

गोपालमान श्रेष्ठ काँग्रेसबाट समानुपातिक उम्मेदवार

गोपालमान श्रेष्ठ काँग्रेसबाट समानुपातिक उम्मेदवार

कालीगण्डकी खबर

३, असोज २०७९
  • 8.6K
    SHARES
  • गोपालमान श्रेष्ठ काँग्रेसबाट समानुपातिक उम्मेदवार

    काठमाडौं, ३ असोज । काँग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । 

    स्याङ्जा क्षेत्र नं १ र २ बाट प्रतिनिधिसभामा उम्मेदवारको रुपमा नाम सिफारिस हुनुभएका श्रेष्ठलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो । 
    एक पदाधिकारीका अनुसार दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

    images
    images
    images
    images
    images
    images

    सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले बताउनुभयो । त्यसैगरी पूर्वउपसभापति विमलेन्द्र निधिको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

    कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

    जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ-आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ३, २०७९ सोमबार - १४:५५:५९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology