Logo

शनिबार, असोज २२ गते २०७९

images

युटुबबाट सिकेर राष्ट्रिय प्रतियोगितामा छनोट

युटुबबाट सिकेर राष्ट्रिय प्रतियोगितामा छनोट

कालीगण्डकी खबर

३, असोज २०७९
  • 241
    SHARES
  • युटुबबाट सिकेर राष्ट्रिय प्रतियोगितामा छनोट

    दोधारा चाँदनी, ३ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबल टेनिसमा महिलातर्फ कञ्चनपुरका चार जना छनोटमा पर्नुभएको छ । 

    images
    images
    images
    images
    images
    images

    महिलातर्फ पाँच जना छनोट हुने खेलमा चार जना कञ्चनपुरबाट छनोटमा पर्नुभएको हो । छनोटमा पर्नुभएका कञ्चनपुरका देबकी भट्ट, एन्जला कार्की, ईन्दु ज्ञवाली र योगिता साउद छन् । उहाँहरू चारै जनाले युटुबमा हेर्दै अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिताको छनोटमा पर्नुभएको हो । 

    कञ्चनपुरमा टेबल टेनिसका लागि कोच नहुँदा युटुब हेर्दै सिक्दै गरेको उहाँहरूले बताउनुभयो । छनोटमा परेकामध्ये देबकी भट्ट र ईन्दु ज्ञवालीले यसअघि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिस्प्रर्धा गरिसक्नु भएको छ । “अभ्यास गर्नका लागि ठाउँ छैन प्रशिक्षणका लागि प्रशिक्षक पनि हुनुहुन्न ।” छनोटमा परेका देवकी भट्टले भन्नुभयो, “युटुब हेरेर आफैले अभ्यास गरेर यहाँसम्म पुगेकी छु ।” उहाँले टेबल टेनिस युटुबमा हेर्न र अभ्यास गर्ने गरेको बताउनुभयो । 
     
    उहाँले छैऔँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लगातार राष्ट्रिय प्रतियोगितामा प्रतिस्प्रर्धा गर्नुभएको छ । तर अहिलेसम्म भने पदक हात पार्न सक्नु भएन  । यस पटकको प्रतियोगितामा भने गोल्ड मेडल ल्याउने दाउमा रहेको उहाँले बताउनुभयो । 

    “प्रशिक्षक बिना नै युटुब हेरेरै भए पनि चौथो पटक राष्ट्रिय प्रतियोगितामा छनौटमा परेकी छु ।” उहाँले भन्नुभयो–“यसपटक त गोल्ड मेडल ल्याउने आशा छ ।” उहाँसँगै छनौटमा पर्नुभएका ईन्दु ज्ञवालीले पनि युटुब हेरेरै अभ्यास गर्ने गरेको बताउनुभयो ।

    “हामीले जे–जति सिकेका छौँ त्यो युटुबबाटै सिकेको हो ।” उहाँले भन्नुभयो–“आफ्नै मेहनतले गर्दा राष्ट्रिय प्रतियोगितामा छनौट भएका छौँ ।” उहाँले पनि यस अघिको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धा गर्नुभएको हो । खेलकुदका बारेमा राष्ट्रिय प्रतियोगिताका समयमा मात्रै जानकारी हुने ज्ञवालीले बताउनुभयो ।
     
    “जब राष्ट्रिय प्रतियोगिता हुन्छ त्यति बेला मात्रै हामीहरूले सूचना पाउने गरेका छौँ त्यसभन्दा अघि खेलकूदसम्बन्धी केही जानकारी हुँदैन ।” उहाँले भन्नुभयो, “प्रशिक्षणको व्यवस्था भए हामीले पनि पदक लिएर आउथ्यौँ ।” राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा परेका अर्का खेलाडी एन्जिला कार्कीले युटुब हेरेरै अभ्यास गर्ने गरेको बताउनुभयो ।

    उहाँले टेबल टेनिस खेल्न र अभ्यास गर्नका लागि कञ्चनपुरमा सुविधा नभएको बताउनुभयो । “हामीले आफै अभ्यास गरेर खेल्ने हो हाम्रो प्रतिस्प्रर्धी प्रशिक्षकबाट प्रशिक्षण लिएका हुन्छन् हामी भन्दै अगाडि नै हुनेभए ।” 

    उहाँले भन्नुभयो, “हामीलाई पनि प्रशिक्षणको व्यवस्था भए राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्प्रर्धा गर्न सक्छौँ ।” प्रशिक्षण बिना नै छनोटमा पर्नु नै सफलता भएका बताउँदै उहाँहरूले यसपटक पदक ल्याएर आउने दाबी गर्नुभयो ।

    जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रशिक्षक बिनानै छनोटमा पर्न खुसीको कुरा भएको बताउनुभयो । “भौतिक संरचना र प्रशिक्षणको अभावकाबीच पनि खेलप्रतिको लगाबले कञ्चनपुरका चारजना राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु हाम्रो लागि खुसीको कुरा हो ।” उहाँले भन्नुभयो, “खेलाडीको खेलप्रतिको लगाबले यो सफलता मिलेको हो ।” उहाँकाले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरमा आड वटा खेलको छनोट भइरहेको बताउनुभयो ।

    “टेबल टेनिसको महिलातर्फ छनोट भइसकेको छ पाँच जना कञ्चनपुरका एक जना बझाङका छन ।” उहाँले भन्नुभयो, “भलिबल, तेकवान्डोको नतिजा साझसम्म आउछ ।” उहाँका अनुसार कञ्चनपुरमा  भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आइटिस तेकवान्डो खेलको छनोटका खेल भइरहेका छन् ।
      
    प्रतियोगिताको छनोटमा नौ सय ७८ खेलाडी प्रतिस्प्रर्धा गरिरहेका छन् । कञ्चनपुरबाट मात्रै ३१ वटा खेलका लागि चार सय २१ खेलाडी छनोट प्रतियोगिताको प्रतिस्प्रर्धामा  छन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ३, २०७९ सोमबार - १८:४४:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology