Logo

शनिबार, असोज २२ गते २०७९

images

‘स्याङ्जामा चुनावी गठबन्धन नगर्न काँग्रेस कार्यकर्ताको दबाब’

‘स्याङ्जामा चुनावी गठबन्धन नगर्न काँग्रेस कार्यकर्ताको दबाब’

कालीगण्डकी खबर

४, असोज २०७९
  • 2.8K
    SHARES
  • ‘स्याङ्जामा चुनावी गठबन्धन नगर्न काँग्रेस कार्यकर्ताको दबाब’

    स्याङ्जा, ४ असोज । स्याङ्जाका काँग्रेसजनले स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको दाबी गरेको छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लालाई गठबन्धन नगर्न उनीहरुले सुझाव दिएका हुन् ।

    नेपाली जनताको संघारमै आइपुगेको निर्वाचनमा काँग्रेसले जिल्लामा एक्लै प्रतिस्र्धा गर्न सक्षम रहेको बताउँदै आएका छन् । 

    गठबन्धन बाहेकका दलहरु गृहकार्यमा जुटीसकेको अवस्थामा नेपाली काँग्रेस स्याङ्जाले भने जिल्लामा गठबन्धन नगर्न नेतृत्व पंक्तिलाई सुझाएको हो ।

    काँग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्नुहुन्छ, ‘दश प्रतिशत पनि जनमत नभएको जिल्लामा गठबन्धन नगरियोस् । जिल्लागत मिलाउदा (माओवादी र समाजवादी)का बलियो प्रभाव रहेको अरु जिल्लामा मिलाउदा हुन्छ । तर, यहाँ गठबन्धन बिना नै काँग्रेस बलियो छ ।’

    images
    images
    images
    images
    images
    images

    प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको स्याङ्जा जनमतको हिसावले काँग्रेसको बलियो छ । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमालेको भन्दा काँग्रेसको मत बढेको छ । 

    मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सीटमा काँग्रेसलाई दिनुपर्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताका पनि भनाई छ ।  

    ‘नब्बे प्रतिशत काँग्रेसको प्रभाव भएको निर्वाचन क्षेत्रमा भन्दा ८०—९० प्रतिशत माओवादी÷समाजवादीको प्रभाव भएको क्षेत्रमा टिकट दिंदा गठबन्धनलाई जित्न सहज हुन्छ’ प्रवक्ता लम्सालले थपे, ‘स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धन दलका प्रभाव देखाइसकेको छ ।’ 

    गठबन्धनको तर्फबाट स्याङ्जा १ को (क) मा माओवादीले गर्दै आएपछि काँग्रेसजनमा असन्तुष्टी देखिएको छ। एक त जिल्लामा माओवादी र समाजवादीको जनमतको न्यून छ । 

    सोमबारसम्ममा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने कार्यसूची निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ४, २०७९ मंगलबार - ०७:१०:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology