Logo

शनिबार, असोज २२ गते २०७९

images

स्याङ्जा क्षेत्र नं २ (ख) मा शेषकान्त पुरीको चर्चा

स्याङ्जा क्षेत्र नं २ (ख) मा शेषकान्त पुरीको चर्चा

कालीगण्डकी खबर

४, असोज २०७९
  • 7.5K
    SHARES
  • स्याङ्जा क्षेत्र नं २ (ख) मा शेषकान्त पुरीको चर्चा

    स्याङ्जा, असोज ४ ।  मंसिरमा हुन गइरहेको निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जा क्षेत्र २ (ख) बाट उमेदवार बन्न केन्द्रमा नाम सिफारिस भएसँगै शेषकान्त पुरी (एसके पुरी) को चर्चा यति बेला चुलिएको छ । 

    शेषकान्त पुरीसँगै स्याङ्जा क्षेत्र नंम्बर २ (ख) बाट अन्य सात जनाको नाम नेपाली काँग्रेस स्याङ्जाले प्रदेश हुँदै केन्द्रमा सिफारिस गरेको छ ।

    लामो समयदेखि एकैजना व्यक्ति निरन्तर उमेदवार बन्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताउँदै आउनुभएका पुरी पटक पटकलाई मात्रै होइन एक पटकलाई मात्रै उमेदवार बन्ने दाबी गरेपछि त उहाँको चर्चा अझै बढेको छ ।  

    “राजनीति पेशा होइन सेवा हो । राजनीतिमा लागेर के पाएँ होइन पार्टीमा रहेर देश र समाजमा के के योगदान गर्यो भन्ने प्रमुख हो” पुरीले कालीगण्डकी खबरसँगको कुराकानीको क्रममा भन्नुभयो, “मैले राजनीतिमा लागेर अहिलेसम्म कुनै पनि लाभको पद लिएको छैन तर पनि खुशी छ । अवसर पाए गरेर देखाउँछु  ।”

    को हुन् शेषकान्त पुरी (एसके पुरी) ?
    स्याङ्जाको चापाकोट नगरपालिका ५ (साविक सेखाम गाविस ६ कान्ति) मा जन्मिनु भएका शेषकान्त पुरी पछिल्लो समय एसके पुरीको नामले समेत परिचित हुनुहुन्छ । 

    विसं २०४९ मा विरुवा गाउँपालिका (साविक चिन्नेवास गाविस) मा रहेको जनप्रिय माविमा अध्ययन गर्दै गर्दा नेविसंघमा आवद्ध हुनुभएका पुरी पदको लागि पद लिने होइन निभाउनको लागि लिने हो भन्ने मान्यता राख्नुहुन्छ । आजको दिनसम्म पनि उहाँले पदको लागि कहिल्यै पनि मरिहत्ते गर्नुभएको छैन । 

    images
    images
    images
    images
    images
    images

    एसएलसी उत्र्तीण गरेपछि विसं २०५३ मा उच्च शिक्षाको लागि काठमाडौं जानुभएका पुरीले पदको लागि मरिहत्ते नगरे पनि सर्वसम्मत रुपमा दिएको जिम्मेवारीलाई कहिल्यै नकार्नु भएन । 

    उहाँले पार्टीको भातृसंस्था र शुभेच्छुक संस्थाले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभयो । शेषकान्त पुरीले कालीगण्डकी खबरसँगको कुराकानीको क्रममा भन्नुभयो, “म सामान्य परिवारमा जन्मिएर हुर्के व्यक्ति हुँ । मलाई चोट, पिडा र अभाव के हो सबै राम्रोसँग बुझेको र भोगेको पनि छु । मैलै जस्तै दुःख पिडा अरुले भोग्नु नपरोस् भन्ने मेरो मान्यता हो ।” 

    काठमाडौंमा आफ्नै व्यवसाय गर्दै आउनु भएका पुरी जब जब निर्वाचन आउँछ तब उहाँले विसं २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा खेलेको सकारात्मक भूमिकाको सधैँ चर्चा परिचर्चा हुने गर्दछ । 

    नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय महासमिति सदस्यको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका पुरीले लोकप्रिय मत ल्याउनुभएको थियो । 

    sheskanta puri - sk puri.JPG

    नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिका एक पदाधिकारी भन्नुभयो, “ विस. २०७९ को बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा पुरीको सक्रिय भूमिका नभएको भए चापाकोट नगरपालिकाको नेतृत्व गर्ने अवसर काँग्रेसले गुमाउन पनि सक्ने थियो । उहाँले चार दिशामा फर्किएका स्थानीय काँग्रेसका नेताहरुलाई मात्रै होइन तरुण युवाहरुलाई मिलाएर अगाडि बढ्नु भयो । त्यसकारण पनि उहाँले स्याङ्जा क्षेत्र नं २ (ख) टिकट पाउनु पर्दछ । उहाँले नगरपालिकाको निर्वाचन मात्रै होइन संघ र प्रदेशमा गरेको योगदान पनि त्यति नै महत्वपूर्ण छ ।”  
    पार्टी, संघसंस्था र व्यक्तिगत समस्या पर्दा जहिले पनि सहयोग गर्न अग्रसर हुने पुरीको स्वभाव छ । पार्टी र संघसंस्थामा आर्थिक सहयोग गरेपछि प्रमुख, विशिष्ट अतिथि बन्ने होडबाजी हुने हाम्रो समाजमा पुरी भन्ने यस मामिलामा अलि फरक भएको स्थानीयको भनाई छ । 

    समाजसेवामा झण्डै एक दशकदेखि निरन्तर लागिरहनुभएका निर्मल शाही भन्नुहुन्छ, शेषकान्त दाइले प्रथम पुरस्कार दिदैँ गर्दा पनि उहाँको उपस्थित नभएको देख्दा मलाई अचम्म लाग्यो । दाइ कस्तो खालको नेता होइछ सहयोग चाहिँ गर्ने तर नाम चाहिँ नचाहिने । मलाई लाग्छ यत्तिक निस्वार्थ र सफा मन भएको व्यक्ति बिरलै भेटिएला । यस्ता निस्वार्थ मन भएका व्यक्ति नेतृत्वको प्रतिक्षामा छौँ ।

    निरन्तर पार्टीमा लागेको हरेक निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुरी पार्टीको संगठन निर्माणमा भौतिक, नैतिक र आर्थिक हिसाबले योगदान गरेको र अहिलेसम्म अवसर नभएको हुँदा पार्टीले मूल्याङकन गरी स्याङ्जा क्षेत्र नं २ (ख) बाट टिकट दिनेमा ढुक्क रहेको उहाँको भनाई छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ४, २०७९ मंगलबार - १९:०९:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology