Logo

शनिबार, असोज २२ गते २०७९

images

यी हुन् निर्वाचन खर्च विवरण नबुझाउने स्याङ्जाका पालिका प्रमुख र उपप्रमुख 

यी हुन् निर्वाचन खर्च विवरण नबुझाउने स्याङ्जाका पालिका प्रमुख र उपप्रमुख 

कालीगण्डकी खबर

५, असोज २०७९
  • 3.1K
    SHARES
  • यी हुन् निर्वाचन खर्च विवरण नबुझाउने स्याङ्जाका पालिका प्रमुख र उपप्रमुख 

    काठमाडौं, ५ असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गरेको हो । 

    images
    images
    images
    images
    images
    images

    पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जाको भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, विरुवा गाउँपालिका र हरिनास गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुखले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।

    स्याङ्जामा रहेका पाँच नगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार रहेका १७ जना र छ गाउँपालिकाका २४ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैन् ।  

    नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना निर्वाचन आयोगले तोकेको छ । 

    गल्याङ नगरपालिकाको लागि प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवी सरा थापा, हेमा कुमार तराङ र पुर्णकला भट्टराईले जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

    त्यसैगरी चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार देव बहादुर खाँण, राजु कोइराला, उप्रमुख पदका उम्मेवार इशा राना, सृष्टि मल्ल र  लिला कुमारी आलेले पनि जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

    खर्च विवरण नबुझाएपछि पुतलीबजार नगरपालिकाकी उप्रमुख पदकी उम्मेदवार आस्था नेपालीलाई ४ लाख ५० हजार जरिवाना लगाएको छ ।

    भिरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोविन्द कुमार कर्माचार्य, नर भूपाल दमाई र उपप्रमुख पदका उम्मेदवार भगवती रेग्मीले पनि ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

    त्यसैगरी वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्त तिवारी, राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेवार जीन कुमार गुरुङले खर्च विवरण बुझाउनु भएको छैन । उहाँहरुनाई पनि जनही ४ लाख ५० हजार जरिवना लगाएको छ । 

    चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण, उपप्रमुख इशा राना भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य र भगवती निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । 

    त्यसैगरी अर्जुन चौपारी गाउँपालिकाका अध्यक्षको उम्मेदवार होम बहादुर नेपाली, चिन माया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टंकप्रसाद खनाल, दुर्गा कुमारी विक, एक नारायण काफ्लेले पनि निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने भएको छ । उहाँहरुले जनही ३ लाख ५० हजार बुझाउनुपर्ने भएको छ । 

    आँधिखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेम राज पौडेल, हरिप्रसाद ढकाल र उपाध्यक्ष पदका उम्मेदवार मीना देवी शर्मा (ढकाल) र मञ्जु गुरुङले पनि निर्वाचन खर्च नबुझाएका कारण ३ लाख ५० हजार जरिवाना बुझाउनुपर्ने भएको छ ।

    त्यसैगरी कालीगण्डकी गाउँपालिकाका  अध्यक्ष पदका उम्मेदवार विष्णु प्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपानेलाई निर्वाचन खर्च नबुझाएका कारण निर्वाचन आयोगले ३ लाख ५० हजार जरिवाना लगाएको छ । 

    फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार इश्वरी थापा कार्कीले पनि निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन्  ।
     
    त्यसैगरी विरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सूर्य बहादुर कुँवर, डोलराज पोखरेल, हेमन्त थापा मगर र उपाध्यक्ष पदका उम्मेदवर भगवती शर्मा, साहाना थापाले पनि निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन।
     
    हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर, टोप बहादुर भुजेल, ऋषिराम लम्साल, रुद्र बहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार इन्द्र कुमारी थापा राना, मिठु लम्सालले निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन् । उहाँहरु सबैलाई निर्वाचन आयोगले जनही ३ लाख ५० हजार जरिवाना तिनुपर्ने भएको छ । 

    विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर र उपाध्यक्ष इन्द्र कुमारी थापा राना निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ५, २०७९ बुधबार - ०८:४५:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology