Logo

शनिबार, असोज २२ गते २०७९

images

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

एजेन्सी

५, असोज २०७९
  • 202
    SHARES
  • अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

    लस एन्जेलस, ५ असोज । अमेरिकामा अहिले भइरहेको मातृ मृत्यु दरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

    images
    images
    images
    images
    images
    images

    अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ । 

    सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको प्रतिवेदनमा लेखिएको छ ।

    अध्ययनमा समेटिएका कुल गर्भवती मध्ये २२ प्रतिशतको सुत्केरी हुनु अगाडि मृत्यु हुने गरेको देखिएको छ । 

    त्यसैगरी २५ प्रतिशत गर्भवतीको मृत्यु सुत्केरी भइरहेको बेलामा वा सुत्केरी भएको सात दिन भित्रमा हुने गरेको छ । बाँकी ५३ प्रतिशतको मृत्यु भने सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा हुने गरेको पाइएको छ । 

    उनीहरूको मृत्यु हुनुका मुख्य कारणहरू मध्ये मानसिक अवस्था, अत्यधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको खवर अवस्थीति, मुटुसम्बन्धी समस्यालगायत रहेका छन् । 

    सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणहरूलाई पर्याप्त रुपमा घटाउन सकिने दावी गर्नुभयो ।

    त्यसका लागि स्वास्थ्य प्रदर्शनात्मक कार्यक्रमहरू धेरै सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    “मातृ मृत्युका धेरै कारणहरूलाई घटाउन सक्ने देखिन्छ, त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ५, २०७९ बुधबार - १०:१२:०१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology