Logo

शनिबार, असोज २२ गते २०७९

images

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

कालीगण्डकी खबर

५, असोज २०७९
  • 196
    SHARES
  • संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

    काठमाडौँ, ५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भन्नुभएको छ । 

    images
    images
    images
    images
    images
    images

    उहाँले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गर्नुभएको हो ।

    “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् ।

    यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भन्नुभएको छ, “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।”

    सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उहाँले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो¥याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गर्नुभएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ५, २०७९ बुधबार - १६:०४:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology