Logo

शनिबार, असोज २२ गते २०७९

images

कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु

कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु

कालीगण्डकी खबर

६, असोज २०७९
  • 253
    SHARES
  • कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु

    काठमाडौँ, ६ असोज । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । 

    images
    images
    images
    images
    images
    images

    काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो ।

    आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

    आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ६, २०७९ बिहीबार - ०७:५१:३४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology