Logo

शनिबार, असोज २२ गते २०७९

images

काँग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

काँग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

कालीगण्डकी खबर

६, असोज २०७९
  • 232
    SHARES
  • काँग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

    काठमाडौँ, ६ असोज । नेपाली काँग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । 

    images
    images
    images
    images
    images
    images

    काँग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको बुधबार बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

    समितिका संयोजक एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहनुभएको अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ ।

    यसैगरी बैठकले समिति सदस्य डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सदस्यहरु गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा प्रिति मण्डल सदस्य रहनुभएको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको सदस्यसचिव डा पराजुलीले बताउनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ६, २०७९ बिहीबार - ०७:५१:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology