Logo

शनिबार, असोज २२ गते २०७९

images

बारामा ४४ जनामा डेङ्गु पुष्टि

बारामा ४४ जनामा डेङ्गु पुष्टि

कालीगण्डकी खबर

६, असोज २०७९
  • 181
    SHARES
  • बारामा ४४ जनामा डेङ्गु पुष्टि

    कलैया, ६ असोज । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । 

    images
    images
    images
    images
    images
    images

    बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो । 

    उहाँका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताउनुभयो । 

    डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताउनुभयो । डेङ्गु अझै बढ्न सक्ने उहाँको भनाइ छ । 

    बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिनुभएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ६, २०७९ बिहीबार - ०८:११:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology