Logo

आइतबार, मंसिर ११ गते २०७९

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

कालीगण्डकी खबर

१२, असोज २०७९
  • 535
    SHARES
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

    images
    images

    तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेता ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

    एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

    ‘त्यस्तो त होइन, तर विगतमा कोही कसैबाट अनुशासन उल्लंघन भएको छ भने आत्मालोचना गर्दै पार्टी नीति, विधान, निर्देशन पाल्ना गर्दै आगाडि बढ्नुपर्छ । म पार्टीको विधान, नीति, निर्देशन मान्दिन भन्न पाइँदैन । हामी सबैले त्यो पालना गर्नुपर्छ’ थापाले राजधानीसँग भने ।

    एमाले उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, पूर्वउपाध्यक्ष भीम रावलसहितका नेता विगतमा माधव नेपाल समूहमा भए पनि अहिले एमालेमै छन् ।

    एमाले विभाजन गरेर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । तर, ती नेताले नेपाललाई विगतमा साथ दिए पनि विभाजनको बेला एमाले नै रोजेका थिए । तीमध्ये पन्त समानुपातिकतर्फको बन्द सूचीमा परेका छन् । रावल अछाम १ बाट एकल उम्मेदवारका रूपमा तल्लो कमिटीबाटै सिफारिस भएका छन् ।

    images
    प्रकाशित मिति :असोज १२, २०७९ बुधबार - ०६:५८:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

    मनिला, १२ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को

    • १२, कात्तिक २०७९
  • २० जिल्लाको मतपत्र छापियो

    काठमाडौं, ४ कात्तिक । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा

    • ४, कात्तिक २०७९
  • प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं, ३ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

    • ३, कात्तिक २०७९
  • बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

    काठमाडौँ, १३ असोज । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण ९ऐन कार्यान्वयन मापन०को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा

    • १३, असोज २०७९
  • गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

    काठमाडौं, १० असोज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै

    • १०, असोज २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend