Logo

आइतबार, मंसिर ११ गते २०७९

बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

पत्रपत्रिकाबाट

१३, असोज २०७९
  • 460
    SHARES
  • बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास
    फाइल फोटो

    काठमाडौँ, १३ असोज । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण ९ऐन कार्यान्वयन मापन०को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा गरेको छ । दुई प्रतिवेदन समितिले सभामा समेत पेस गरेको छ । 

    images
    images

    नेपालको संसदीय अभ्यासमा नयाँ प्रयोगका रूपमा कार्यान्वयन मापनलाई पछिल्लो समय प्राथमिकतामा राखिएको छ । उत्तर विधायिकी परीक्षणमा कानुन कार्यान्वयनको अवस्था, विधायिकी मनसायअनुसार कार्यान्वयन भए वा नभएको, राज्यको आवश्यकता र उद्देश्य हासिल हुन सके वा नसकेको अध्ययन गरिन्छ । नियमित रूपमा कार्यान्वयन मापन हुनुपर्ने भए पनि संसदीय समितिहरूले उत्तर विधायिकी परीक्षणलाई प्राथमिकतामा राख्न सकेका छैनन् । 

    विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीले दुईवटा ऐन कार्यान्वयनबारे पूर्ण र दुईवटाका केही दफा मात्र अध्ययन गरिएको बताउनुभयो । गिरीले भन्नुभयो, “हामीले चारवटा ऐन कार्यान्वयनको अवस्था र सम्बन्धित निकायलाई सुझावसमेत दिएका छौँ ।

    प्रतिवेदन पनि सदनमा पेस भइसकेको छ । सामाजिक व्यवहार, सुधार र सङ्क्रामक रोग नियन्त्रणसम्बन्धी ऐनको पूर्ण अध्ययन भएको छ । दुईवटाका केही दफा मात्र अध्ययन भएका छन् ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेख्नुभएको छ ।

    समितिले सार्वजनिक खरिद ऐन र भूमिसम्बन्धी ऐनका भने केही दफा मात्र अध्ययन गरेको छ । विधायन समितिले नै नेपालको विधायिकी अभ्यासमा पहिलो पटक ऐन कार्यान्वयन मापनको अवधि तोकेर विधेयक अघि बढाएको थियो ।

    खेलुकद विधेयकमा दफाबार छलफलका क्रममा समितिले ऐन कार्यान्वयनपछि पाँच वर्षमा मापन कार्यान्वयन तोकेको थियो । क्रमशः यस्ता अभ्यास सभालेसमेत अघि बढाएका छन् । यस्तै राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापनको अध्ययनलाई पनि प्राथमिकतामा राखेको छ । प्रत्यायोजित व्यवस्थापन अध्ययन विषयगत समितिलेसमेत गर्नसक्ने नियमावलीमा प्रबन्ध छ तर प्राथमिकतामा छैन । 

    images
    प्रकाशित मिति :असोज १३, २०७९ बिहीबार - ०७:३०:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार
  • फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

    मनिला, १२ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को

    • १२, कात्तिक २०७९
  • २० जिल्लाको मतपत्र छापियो

    काठमाडौं, ४ कात्तिक । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा

    • ४, कात्तिक २०७९
  • प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं, ३ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

    • ३, कात्तिक २०७९
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री

    • १२, असोज २०७९
  • गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

    काठमाडौं, १० असोज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै

    • १०, असोज २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend