Logo

आइतबार, मंसिर ११ गते २०७९

स्याङ्जामा दुई केन्द्र नयाँ थपियो, दुई मतदानस्थल सारियो

स्याङ्जामा दुई केन्द्र नयाँ थपियो, दुई मतदानस्थल सारियो

कालीगण्डकी खबर

१६, असोज २०७९
  • 2.4K
    SHARES
  • स्याङ्जामा दुई केन्द्र नयाँ थपियो, दुई मतदानस्थल सारियो

    वालिङ, १६ असोज । स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

    जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो ।

    वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ।

    बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उहाँले जानकारी दिनुभयो ।

    भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो ।

    “यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो” सूचना अधिकारी  गौतमले  भन्नुभयो, “अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पु¥याइएको छ ।”

    एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उहाँले जानकारी दिनुभयो ।

    दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ ।

    आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन् ।

    तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ ।

    images
    प्रकाशित मिति :असोज १६, २०७९ आइतबार - १२:३७:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend