Logo

आइतबार, मंसिर ११ गते २०७९

कर्णालीका मुख्यमन्त्रीको दसैँ शुभकामना

कर्णालीका मुख्यमन्त्रीको दसैँ शुभकामना

कालीगण्डकी खबर

१९, असोज २०७९
  • 469
    SHARES
  • कर्णालीका मुख्यमन्त्रीको दसैँ शुभकामना

    कर्णाली, १९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गर्नुभएको छ । 

    images
    images

    विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विकृति र तडकभडकबाट टाढै राखेर दसैँ मनाउँदा यसको मौलिकता जोगिने बताउनुभएको हो । मुख्यमन्त्री शाहीले दसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।  

    “दसैँले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको  छ”, शुभकामना सन्देशमा भनिएको छ, “समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ । दसैँ नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ । ”

    मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई पे्ररणा मिल्ने अपेक्षा  गर्नुभएको छ ।      

    images
    प्रकाशित मिति :असोज १९, २०७९ बुधबार - ०८:२५:०८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

    गण्डकी, ८ मङ्सिर । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित

    • ८, मंसिर २०७९
  • कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

    भेरीगङ्गा, ८ मङ्सिर । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अ हिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत

    • ८, मंसिर २०७९
  • सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

    महेन्द्रनगर, ८ मङ्सिर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच

    • ८, मंसिर २०७९
  • स्याङ्जाका एक पुरुष जंगलमा मृत अवस्थामा फेला 

    कास्की, ७ मङ्सिर । कास्की, पोखरा महानगरपालिका-२१ कृष्तीस्थित इनारे जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।मृत अवस्थामा भेटिनेमा स्याङ्जा, फेदिखोला गाउँपालिका- १ मटिखाना बस्ने ७० वर्षीय राम बहादुर

    • ७, मंसिर २०७९
  • गण्डकी प्रदेश : मतदान सुरु

    गण्डकी, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण

    • ४, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend